Mon Jan 17 2022
देश

न्यायायपालिकामा गम्भीर रोग देखिएकाले न्यायपालिकाले नै यसको उपचार गर्नुपर्छः डा.भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत भएको बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।

उनले न्यायायपालिकामा गम्भीर रोग देखिएकाले न्यायपालिकाले नै यसको उपचार गर्नुपर्ने बताए ।

उनले न्यायाधीश नियुक्तीदेखि सबै प्रक्रिया त्रुटिपूर्ण रहेको बताउँदै भागबण्डामा चल्ने कामले न्यायालयको प्रतिष्ठामा आघात पुगेको तर्क गरे ।

अध्यक्ष भट्टराईले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद पुनः स्थापना नै गलत भनिरहनु पानी धमिल्याएर माछा मार्ने कोशिस मात्रै भएको बताए ।