Thu Jan 20 2022
मुख्य खबर

यौन शोषणको आरोपमा झापाबाट एक शिक्षक पक्राउ

झापा– छात्रालाई यौन शोषण गरेको आरोपमा झापाका एक निजी विद्यालयका शिक्षक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय अनारमनीले अर्जुनधारा–६ का जितेन बस्नेतलाई बुधबार साँझ पक्राउ गरेको डिएसपी सन्तोष आचार्यले जानकारी दिए। ‘उजुरीका आधारमा पक्राउ गरिएको छ। थप अनुसन्धान सुरू गरेका छौं,’ डिएसपी आचार्यले भने।

विर्तामोडस्थित न्यूटन एकाडेमीमा अध्ययनरत् छात्रालाई बस्नेतले केहि समयदेखी फकाइफुल्याई यौन शोषण गरेको आरोप लागेको छ। परीक्षामा सहयोग गर्ने भन्दै शिक्षक बस्नेतले विर्तामोडका विभिन्न होटलमा खाजा खान बोलाएर यौन शोषण गरेको खुलेको प्रहरीले बताएको छ।