Wed Aug 10 2022
देश

बोक्सा–बोक्सीको आरोप लगाउँदै देवर भाउजूलाई मलमूत्र खुवाइयो, १ जना पक्राउ

महोत्तरी । महोत्तरीमा बोक्सा–बोक्सीको आरोप लगाउँदै एक परिवारका सदस्यहरुलाई मलमुत्र खुवाएका छन् ।

महोत्तरीको औरही नगरपालिका वडा नम्बर ९ स्थित अगलेशरामा स्थानीय महिलाहरुको एक समूहले ५० वर्षीय एक पुरुष र ५५ वर्षीया महिलालाई बिहीबार साँझ बोक्सा–बोक्सीको आरोप लगाएर कुटपिट गर्दै मलमूत्र खुवाएका हुन् ।

मलमुत्र खुवाइएका महिला र पुरुष नातामा देवर–भाउजु पर्छन् ।

सो घटनालगत्तै इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटेका प्रहरी टोलीले पीडितहरूको उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा भर्ना गरिएको छ ।

महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यका अनुसार घटनामा संलग्नमध्ये एक जनालाई पक्राउ गरि घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

केही साता पहिले जिल्लाको महोत्तरी गाउँपालिकास्थित मडैँ गाउँमा बोक्सीकै आरोपमा एक महिलाको हत्या गरिएको थियो भने एक महिलालाई मलमूत्र खुवाइएको घटना सार्वजनिक भएको थियो ।