Thu Jan 20 2022
Uncategorized

प्रदुषित पानी भरेर विक्री वितरण गर्ने १५ उद्योग कारवाहीमा

पुष्कर खतिवडा, काठमाडौं । बोत्तल तथा जारमा प्रदुषित पानी भरेर विक्री वितरण गर्ने क्रम बढ्दो, जनस्वास्थ्यमा खेलवाड, १५ उद्योग कारवाहीमा परे ।

नेपालका धेरै गाउँमा अझै पिउने पानीको अभाव छ । शहर बजारमा भने बोतलमा बन्द पानीको राम्रै बिक्री हुदै आएको छ ।

बोतलमा पाइने वा जारमा आउने कतिपय पानी पिउन योग्य पाइदैन । यसरी गुणस्तरहीन पानी उत्पादन गरेका १५ प्रशोधित पानी उद्योग गत आर्थिक वर्षमा कारबाहिमा परे ।

बजारमा २० रुपैयाँभन्दा बढि पैसा तिरेर किनिने प्रशोधित पिउने पानीलाई हामी ढुक्क साथ पिउँछौं । कतिपय प्रशोधित पिउने पानी विष सरह पाइएको छ ।

उत्पादकको लापरबाही र फितलो अनुगमनका कारण बजारमा दुषित, न्युनस्तर र लेभल अपुर्ण भएको पानी भेटिएको हो ।

आर्थिक बर्ष २०७७÷७८ मा सरकारले १५ गुणस्तरहिन पानी उत्पादन गर्ने कम्पनीलाई कारबाहि गरेको छ ।

यसरी बोतलमा शिलबन्द गरेर उद्योगबाट बजारमा बेच्न पठाइएका पानीमा कहिले लेउ लाग्ने, कहिले सांङला पर्ने, कपाल पर्ने, पराल भेटिने जस्ता समस्या पाइएको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

यी हुन् गत आर्थिक वर्षमा कारबाहीमा परेका पानी उद्योग

१. शीतल जल पानी उद्योग, पाल्हिनन्दन–३, विलासपुर नवलपरासी
२. कञ्चन मिनरल वाटर उद्योग, कोहलपुर–१२, बाँके
३. यति वेभरेज प्रा.ली. बनेपा नगरपालिका–१३, काभ्रे
४. गौरीशंकर जि.एस. मिनरल वाटर, बनेपा नगरपालिका–१०, काभ्रे
५. प्रकृती जल उद्योग, कोशी गाउँपालिका–७, सुनसरी
६. कर्माचार्य मिनरल एण्ड वेभरेज इण्डिट्रिज, बुटवल–११, रुपन्देही
७. माउण्ट एभरेष्ट पिउने पानी उद्योग, गैंडाकोट–४, नवलपरासी
८. युनिभर्सल ड्रिंककिङ वाटर इन्ड्रष्ट्रिज, शिवराज–५, कपिलवस्तु
९. नेपा मिनरल वाटर प्राली, पोखरा–१८, कास्की
१०. प्रकृती जल उद्योग, कोशी गाउँपालिका–७, सुनसरी
११. दिव्यश्वरी जल उद्योग, इटहरी–२०, सुनसरी
१२. देउती दर्शन वाटर एण्ड वेभरेज प्राली
१३. मध्यपश्चिम वाटर एण्ड वेभरेज प्राली
१४. शीतल जल उद्योग प्रा.ली
१५. प्रशिद्ध वाटर इण्ड्रिष्ट्रिज, बुटवल–१२, रुपन्देही

यसरी हरेक वर्ष पिउने पानी उत्पादन गर्ने नाममा गुणस्तरहीन पानी उत्पादन भइरहदाँ र दर्जनौ उद्योग कारबाहीमा पर्दासमेत यस्ता पानी उत्पादनमा नियन्त्रण आउन सकेको छैन ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस्ता पानी उत्पादकलाई नछाड्ने बताएको छ ।

पैसा तिरेर किनेको पानीमा समेत लापरबाहि हुदाँ यसले उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर पार्न सक्छ ।

तर विडम्बना भनांै वा नियती पानी उत्पादकको लापरबाहि र सरकारको फितलो अनुगमनले यी पानीमा कुनै दुषित, कुनै न्युनस्तरको त कुनै लेभल अपुर्ण भएको पाइएको छ । तसर्थ यसको समयमै नियमन हुन आवश्यक छ ।