Sat Jan 22 2022
देश

सर्वोच्चमा १५ जना न्यायाधीशविरुद्ध रिट दायर

काठमाडौं । सर्वोच्च अदालतका १५ जना न्यायाधीशविरुद्ध रिट दायर भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै निरन्तर इजलास ‘बहिष्कार’ गर्दै आएका न्यायाधीश विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।

सर्वोच्च अदालतमा १९ न्यायाधीश भएपनि १५ जनाविरुद्ध रिट निवेदन लिएर उनीहरु पुगेको बताइएको छ ।

प्रधानन्यायाधीशको कार्यशैलीविरुद्ध एकमत भएका १५ न्यायाधीशले केही दिनयता इजलास बहिष्कार गर्दै आएका छन्

भने प्रधानन्यायाधीशले मार्गप्रशस्त गरिनुपर्ने उनीहरुले अडान लिँदै आएका छन् ।

शुक्रबार अधिवक्ताहरु कृष्ण प्रसाईं, तोयानाथ ढुंगाना, कीर्तिनाथ शर्मा पौडेललगायतले वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराईसहित इजलास बहिष्कार गरेर मुद्दा नहेर्ने १५ जना न्यायाधीशहरुविरुद्ध रिट दायर गरेका छन् ।

उनीहरुले १५ जना न्यायाधीशविरुद्ध परमादेशसहित आदेश पुर्जीसमेत जारी गर्न माग गरेका छन् ।

अदालतमा दुई लाइन संघर्ष हुँदा तनावको अवस्था समेत सिर्जना हुन थालेको छ ।

आजमात्रै वकिलहरुबीच नेपाल बार परिसरमा दुई पक्षबीच वादविवाद हुँदा झडपको स्थिति समेत बनेको थियो ।