Mon Aug 8 2022
खेलकुद

सहिद स्मारक ए डिभिजनको पहिलो खेलमा फ्रेन्ड्स र सातदोबाटो युथ क्लब भिड्ने

काठमाडौँ । सहिद स्मारक ए डिभिजनको पहिलो खेलमा फ्रेन्ड्स र सातदोबाटो युथ क्लब भिड्ने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार कात्तिक २९ गते साँझ ५ बजे दशरथ रंगशलामा हुने खेलमा फ्रेन्ड्स र सातदोबाटोबीच पहिलो खेल हुने भएको हो ।

कात्तिक २९ गतेदेखि सुरु हुने खेलमा गत वर्षका १३ टोली र यो वर्ष बी डिभिजनबाट शीर्ष डिभिजनमा बढुवा भएको सातदोबाटो युथ क्लबसहित १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । लिगमा १३ चरणका ९१ खेलहरू हुनेछन्।

यस्तै, पहिलो चरणका अन्य खेल दशरथ रंगशाला र एन्फा दुवै मैदानमा हुनेछ। मध्याह्न १२ बजेको खेल एन्फा कम्प्लेक्समा हुनेछ भने दिउँसो ३ बजेको खेल दशरथ रंगशालामा हुनेछ। एन्फाले हाललाई सुरुवाती दुई चरणको मात्र खेल तालिका सार्वजनिक गरेको छ।