Fri Jan 21 2022
देश

विश्व शहर दिवस मनाइने

काठमाडौं । ‘सुन्दर र सुखी जीवनको आधारः जलवायु उत्थानशीलताका लागि शहरको अनुकूलन’ भन्ने नारासहित विश्व शहर दिवस मनाइने भएको छ ।

आज काठमाडौंमा विश्व शहर दिवस २०७८ को उपलक्ष्यमा आयोजित पत्रकार सम्मेलन गर्दै शहरी विकास तथा भवन निर्माण विभागले यस वर्ष नेपालमा ‘सुन्दर र सुखी जीवनको आधारः जलवायु उत्थानशीलताका लागि शहरको अनुकूलन’ भन्ने नारासहित विश्व शहर दिवस मनाइने भएको जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा शहरी विकास मन्त्रालयका सहसचिव विष्णुप्रकाश शर्माले यस दिवसको मुख्य उद्देश्य विकासको प्रमुख मुद्धा शहरीकरणलाई मानेर अन्तर्राष्ट्रिय समुदायलाई आकृष्ट गर्नु र दिगो शहरी विकास हाँसिल गर्नका लागि अवसरको खोजी र शहरी समाधानको चुनौति समाधान गर्ने रहेको बताए ।

उनले कार्तिक १४ गते आईतवार बबरमहलमा कार्यशाला गोष्ठी आयोजना गरिने बताए ।

विश्व शहर दिवस सन् २०१३ देखि संयुक्त राष्ट्रसंघको साधारण सभाद्वारा संकल्प स्थापित गरे बमोजिम पहिलो विश्व शहर दिवस अक्टोबर २०१४ मा मनाइएको थियो ।

नेपालमा भने २०१९ देखि यो दिवस मनाउन थालिएको हो ।