Thu Jan 20 2022
मुख्य खबर

कुवेतमा कार्यरत चार जना नेपालीको मृत्यु

दोहा – वैदेशिक रोजगारीको सिलसिला कुवेतमा कार्यरत चार नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र एक पुरुष छन् ।

तेह्रथुम आठराई घर भएकी २६ वर्षीया सञ्चिता बस्नेतको त्यहाँको र्वानिया अस्पतालमा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

यस्तै इलाम सन्दुकपुरका प्रदीप फागुको गत शनिवार हृदयाघातका कारण मृत्यु भएको बताइएको छ । मृतक फागु त्यहाँको मंगाफस्थित ब्लक(३ मा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका थिए । मृतक मध्ये अन्य दुई जनाको परिचय खुल्न सकेको छैन । फिङ्गर प्रिन्ट रिपोर्ट आएपछि शवको पहिचान हुने दूतावासले जनाएको छ ।

पछिल्लो समय अधिकांश नेपाली महिला कामदार श्रम स्वीकृति बिनै गैर कानुनी बाटो हुँदै तेस्रो मुलुक कुवेत प्रवेश गर्ने गरेका छन् ।
योगेन्द्र योगी