Thu Aug 18 2022
खेलकुद

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरी आज साँझ नेपाल आउँदै आइपुग्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी आज नेपाल आउँदैछन् ।

केही दिन अघि अखिल नेपाल फुटबल संघ ९एन्फा० सँग सम्झौता नवीकरण गरेपछि अलमुताइरी नेपाल फर्किन लागेका हुन् ।
शनिबार दिउँसो अलमुताइरीले कतारस्थित हमाद विमानस्थलमा रहेका तस्बिर सार्वजनिक गर्दै नेपाल फर्किन लागेको जानकारी गराए ।

एन्फाले दिएको जानकारी अनुसार अलमुताइरी आज साँझ साढे ७ बजे नेपाल आइपुग्नेछन् ।

अब अलमुताइरी नेपालमा तीन वर्ष बस्नेछ । एक वर्ष बाँकी हुँदै अलमुताइरीले थप दुई वर्षका लागि एन्फासँग सम्झौता नविकरण गरेका हुन् ।