Tue Jan 18 2022
मुख्य खबर

कैलालीमा चक्कु प्रहारगरी एक जनाको हत्या

कैलाली । कैलालीमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्युको भएको छ।

धारीलो हतियार चक्कु प्रहारबाट टिकापुर नगरपालीका ८ कालीमाटीका १८ बर्षीय अनुप साउदको मृत्यु भएको हो।

शुक्रबार राति साढे १० बजे भजनी नगरपालीका ३ ठेकीपुरका १८ बर्षीय किरण साउदले चक्कु प्रहार गर्दा उनी घाइते भएका थिए।

उनको टिकापुर अस्पतालमा उपचारका क्रममा घटनाको एक घण्टापछि मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनुप र किरणको वादविवाद भएर झगडा भएको थियो। त्यसैक्रममा किरणले अनुपलाई चक्कु प्रहार गरेका थिए।चक्कु प्रहार गर्ने किरणलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताइएको छ।