फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, चाँडै घटाउन सत्तारुढ दलकै नेताको आह्वान

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, चाँडै घटाउन सत्तारुढ दलकै नेताको आह्वान
शनिबार, कार्तिक १३, २०७८

शान्ता दनुवार,काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ ।

शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ वृद्धि गरिएको छ ।

हवाई इनधनमा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ५० रुपैयाँ वृद्धि भएको छ । उपभोक्ताले भने चाडबाडको बेला मुल्य बढाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ ।

पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासमा मूल्य बढाइएको निगमले जनाएको छ ।

निगमले जारी गरेको सूचना अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ वृद्धि गरिएको छ ।

हवाई इन्धन आन्तरिक तथा बाह्यमा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ५० रुपैयाँ वृद्धि गरेको छ ।

निगमका अनुसार मूल्य समायोजन पछि पेट्रोल प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ ।

यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ९६ तथा बाह्यमा प्रतिकिलोलिटर अमेरिकी डलर ८५३ पुगेको छ । खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर १ हजार ५०० सय रुपैयाँ पुगेको छ ।

तत्काल गरिएको मूल्य समायोजन पश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजेलमा प्रतिलिटर २ रुपैयाँ ६४ तथा एलपी ग्याँसमा प्रतिसिलिण्डर ४२० रुपैयाँ ७५ पैसा घाटा रहको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको बृद्धिले भारतीय आयल कर्पाेरेसनबाट मूल्य बढेर आएकाले नेपालमा पनि मूल्य बृद्धि भएको निगमले जनाएको छ ।

निगमले नियमित प्रक्रिया अनुसार नै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको जनाए पनि सत्तारुढ दल नेपाली कांग्रेसकै नेताले मूल्यवृद्धिको विरोध गर्दै चार्डपर्वका बेला सरकारले ग्यास र डिजेल लगायतका इन्धनको मूल्य बढाएर गल्ती गरेको आरोप लगाए ।

उनले सकेसम्म चाँडो बढाएको मूल्य घटाउन पनि आग्रह गरेका छन् ।

सर्वसाधारणले पनि लगातार मूल्य बढाएर सरकारले उपभोक्ताको ढाड सेक्ने काम गरेको भन्दै आक्रोश पोखेका छन् ।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन आईओसीसँग इन्धन खरिद गरेर नेपालमा बिक्री गर्दै आएको छ ।

आईओसीले पठाउने मूल्यमा ढुवानी, सरकारी कर, ह्रास कट्टि, व्यवसायीको कमिसन, निगमको प्रशासनिक लगायत खर्च जोडेर खुद्रा मूल्य निर्धारण हुने गरेको छ ।