जोडिनुहोस
  • होमपेज
  • कोशी साझा पहिचान हो, विरोध गर्नुको औचित्य छैन : माधव नेपाल

कोशी साझा पहिचान हो, विरोध गर्नुको औचित्य छैन : माधव नेपाल

विराटनगर । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ को नामकरण कोशीमै सहमति भइसकेको बताएका छन् । उनले ‘कोशी’ साझा पहिचान भएकाले विरोध गर्नुको औचित्य नभएको बताए । प्रदेशसभामा मतदान हुँदा नेकपा एसका सांसदहरू कोशीको विपक्षमा उभिएका थिए ।

‘कोशी नामकरण कुनै धर्म र संस्कृतिसँग जोडिएको छैन । यो प्राकृतिक सम्पदा भएकाले यसलाई अपनत्व महसुस गरेर अघि बढ्नुपर्छ’, विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग नेपालले भने ।

उनले कोशी प्रदेशका सबै जातजाति, भाषा धर्म र संस्कृतिको संरक्षणका साथै कुनै पनि समुदायले अपहेलित र उपेक्षित भएको महसुस नहुने गरी सरकारले काम गर्नुपर्ने बताए ।

उसले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउन नहुनेतर्फ ध्यानाकर्षण गराएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका