Tue Jan 18 2022
देश

ओलीको सरकार हुँदा भ्रष्टाचारले सीमा नाघेको थियोः माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार हुँदा भ्रष्टाचारले सीमा नाघेको आरोप लगाएका छन् ।

आइतबार इन्जिनियर्स एसोसिएसनको भेलामा सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन् ।

‘ओलीजीको पालामा भ्रष्टाचारले सीमा नाघ्यो। म भ्रष्टाचार पनि गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ भन्ने तर, ओलीजीको बेलामा जस्तो भ्रष्टाचार अरू बेलामा भएको छैन ।’ नेपालले भने ।

देश र जनताको आवश्यकताभन्दा बाहिर गएर बालुवाटारमा करोडौं खर्च गरेर हेलिप्याड बनाएको समेत आरोप लगाएका छन् ।