Mon Jan 17 2022
देश

मलामी गएका युवकको डुबेर मृत्यु

गुल्मी । गुल्मीमा मलामी गएका १९ बर्षीय एक युवकको डुबेर मृत्यु भएको छ ।

जिल्लाको चन्द्रकोट गाउँपालिका–७ रुपाकोटका ७६ वर्षीय थानेश्वर न्यौपानेको मृत्यु भएपछि मलामी गएका सोही गाउँका १९ बर्षीय शंकर पौड्यालको कालिगडकी नदीमा डुबेर मृत्यु भएको हो ।

दाहसंस्कार सकिएसँगै नदीमा नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएका थिए ।

मलामी गएकाहरुले उनी डुबेर बेपत्ता भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय जोहङ्गबाट र रिडी ईलाका प्रहरी कार्यालयबाट घटनास्थल पुगेका थिए ।

ईलाका प्रहरी कार्यालय जोहङ्गबाट असई लक्ष्मण बिकको कमाण्डमा ४ जना र रिडी ईलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुबराज बमको नेतृत्वमा ७ जनाको टोलीले खोज तलास गर्दै जाँदा आइतबार दिउँसो १२ बजेको समयमा रुद्रवेणीघाट भन्दा ८ किलो मिटर दक्षिण कालिगण्डकी नदीमा उनको शव फेला परेको छ ।