Thu Jan 27 2022
खेलकुद

नेपाली फुटबलका प्राविधिक निर्देशक होल्गर ओभरम्यानको मृत्यु

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्राविधिक निर्देशक होल्गर ओभरम्यानको ८५ वर्षको उमेरमा निधन भएको छ ।

नेपालमा १९९० अघि पनि विदेशी प्रशिक्षक आएका थिए । तर, नेपाल आएर लामो समय बस्ने ओभरम्यान पहिलो विदेशी प्रशिक्षक थिए ।

१९९० दशकको सुरुमै नेपाल आएका ओभरह्यान करिब ६ वर्ष नेपाल बसेका थिए ।

तथापि, ओभरह्यानले प्रशिक्षकभन्दा पनि प्राविधिक निर्देशकका रुपमा धेरै काम गरेका थिए ।

नेपालमा पहिलो पटक ‘युथ डेभेलपमेन्ट’को कार्यक्रम सञ्चाल गर्ने ओभरह्याम पहिलो व्यक्ति हुन् ।

देशभर ‘युथ ट्यालेन्ट हन्ट’ कार्यक्रम सञ्चालन गरेर प्रतिभावान खेलाडीको छनोट गरेका थिए ।

ओभरम्यानले सञ्चालन गरेको ‘युथ ट्यालेन्ट हन्ट’ले थुप्रै नेपाली फुटबलका हस्ती खेलाडीहरु उत्पादन गरेको छ ।