Fri Jan 21 2022
मुख्य खबर

यस वर्षको भाइटीकाको साइत ११ः०२ मा

काठमाडौँ – यस वर्षको भाइटीकाको साइत ११ः०२ मा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले २० कात्तिक बिहान ११ः०२ बजेका लागि भाइटीकाको साइत निर्क्योल गरेको हो ।

‘यस वर्षको भाइटीकाको साइत २० कात्तिक बिहान ११ः०२ बजे जुरेको हो’, समितिका अध्यक्ष कृष्ण अधिकारीले भने । बुधबारबाट यमपञ्चक सुरु हुँदैछ ।