काठमाडौं । निरन्तर उकालो लागेको सेयर बजारमा आज भने ‘करेक्सन’ आएको छ । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक १७.७५ अंकले घटेर २८१९.८६ बिन्दुमा पुगेको छ ।
त्यस्तै, ठूला कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.८८ अंकले घटेर ५२८.५८ बिन्दुमा पुगेको छ ।