Mon Jan 17 2022
मुख्य खबर

प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा पदबाट राजीनामा

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् ।

आज प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष आचार्यले राजीनामा दिएका हुन् ।

यसअघि प्रदेश १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पदबाट राजीनामा दिने घोषणा गरेका उनले संसदको अंक गणितका कारण जनताको साथ हुँदाहुँदै पनि सरकारमा बस्ने अवस्था नभएपछि राजीनामा दिनुपर्ने अवस्था आएको स्पष्ट पारे ।

त्यसक्रममा मुख्यमन्त्री आचार्यले सरकारमा रहँदा आफूलाई साथ दिने सबै राजनीतिक दलहरुसहितलाई धन्यवाद दिए ।

मुख्यमन्त्री आचार्यले नयाँ बन्ने सरकारले आफू नेतृत्वको सरकारले अगाडि बढाएको राम्रो कामलाई निरन्तरता दिने विश्वास समेत व्यक्त गरे । उनले नयाँ सरकारले राम्रो काम गरे आफूहरुले पूर्ण समर्थन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।