Sun Jan 16 2022
मुख्य खबर

सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँट

काठमाडौँ– सामलिङ्ग पावर कम्पनीको आईपीओ मंगलबार बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार आज बिहान ८स्३० बजे सेयर बाँडफाँट भएको हो ।

कम्पनीको ६७ हजार ८९० जना सर्वसाधारणलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँट भएको छ । आईपीओमा कुल २१ लाख ९८ हजार ७६४ जनाले आवेदन दिएकामा ९ हजार ९८६ जनाको आवेदन रद्द भएको थियो । उक्त आईपीओमा रितपूर्वक आवेदन दिएका योग्य २१ लाख ८८ हजार ७७८ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो ।

आईपीओको नतिजा हेर्न सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आईपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिनेछ । साथै, बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र निष्काशनकर्ता कम्पनी सामलिङ्ग पावरको वेबसाइटबाट पनि हेर्न सकिनेछ ।