Sun Jan 16 2022
मुख्य खबर

यस्तो छ आज (मंगलबार)को मौसम पूर्वानुमान

काठमाडौँ– मंगलबार पहाडी भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भू-भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि आँकलन गरिएको छ । राति हिमाली भू-भागमा हिमपातको सम्भावना छ ।