Fri Jan 21 2022
आर्थिक

बर्दियाको गुलेरियामा राष्ट्रिय खाद्य बैंक स्थापना

मुरली गोडिया, बर्दिया । बर्दियाको गुलरियामा स्थापना भएको राष्ट्रिय खाद्य बैकले कृषिलाई आधुनिक प्रणालीलाई आधार बनाएर रैथाने जातको धान खेती विस्तार गर्ने योजना अघि सारेको छ ।

पोषिलो आहारको लागि दीगो कृषि उत्पादनको अभियान मार्फत विभिन्न बालीलाई समेट्दै जाने बैकले जनाएको छ ।

कृषकका लागी गाँउमै राष्ट्रिय खाद्य बैंक लिमिटेड खुलेपछि कृषकहरु आर्गनिक खेती तर्फ हौसिएका छन ।

पोषिलो आहारको लागि दीगो कृषि उत्पादनको अभियान मार्फत गाउँमै बैंक आएपछि कृषक थप हौसिएका हुन ।

विभिन्न उत्पादनमा जोड दिई छरिएर रहेको कृषी क्षेत्रलाई एकीकृत गरि कृषकको आयस्तरमा समेत बृद्धि गर्न शुरु गरिएको छ ।

नयाँ नयाँ जातका हरेक बाली तथा तरकारी बाली, पशुपंक्षि लगायत कृषी जन्य उपजसंग किसानलाई जोडे पछि कृषकलाई कृषी पेशामा थप आकर्षित गरेको हो ।

२२ जिल्लामा माटो परीक्षण गरेर आधुनिक खेती गरिरहेको खाद्य बैंकले गुलरियामा पनि रैथाने धान खेती विस्तार गरेको छ ।

विभिन्न अन्नबाली तथा पशुपंक्षि उत्पादन बृद्धिका लागी एजोला नामक बनस्पतिलाई समेत जोड दिइएको छ ।

कृषी तथा पशुजन्य उत्पादनलाई थप बृद्धि गर्न एजोलालाई पनि विस्तार गरिएको छ । बाह्रै महिना उत्पादन गरि कृषीबाली तथा पशुपन्छिको आहाराका लागी प्रयोग गर्न गर्न सके कृषकले बाढी लाभान्वित हुने कृषी विज्ञको तर्क छ ।

पहिलो चरणमा ७ किसिमका रैथाने जातका धानको बिउ रोपेर २५ बिगाहामा सुरु गरिएको छ ।

स्थानिय र स्वदेशमा खपत भई बचेको खाद्यान्न निर्यात गर्ने समेत बैंकको लक्ष्य छ ।

माछा, मासु, दुध, तरकारी लगायत खाद्यान्नमा आत्मनिर्भर बनाउने योजना अनुरुप बैंकले काम गर्ने जनाइएको छ । कृषिमा आत्मनिर्भर गराएर देशको अर्थ टेवा पुर्याउने अर्को लक्ष्य राखिएको छ ।

सात वटै प्रदेशमा कार्यालय स्थापना गर्दै ७७ वटै जिल्लामा खाद्य बैंक संचालन गर्ने तयारी गरिएको छ ।

बैंकले उत्पादन गर्ने वस्तु वा खानेकुरा पूर्ण रुपमा अर्गानिक र प्राकृतिक खानेकुरा उत्पादन गर्नेछ ।