Thu Jan 27 2022
देश

कुम्हाल समुदायको पेशा संकटमा

मधु पौडेल, बाँके । शदियौ देखि माटोको भाडा बनाएर जिवन निर्वाह गर्दै आएका बाँकेका कुम्हाल समुदायको पेशा पछिल्लो समय संकटमा परेको छ ।

चाडापर्वमा माटाका नयाँ भाँडाको प्रयोग गरीने भएतापनि प्रविधिसंगै विकास भएका प्लाष्टिकलगायतका भाँडाहरुको आयात तथा माटाको भाडाको बजारीकरणमा समस्या हुदाँ कुम्हाल पेशा संकटमा परेको हो ।

दशैं, तिहार छठलगायतका पर्वहरुमा माटोको भाँडाहरुको विषेश महत्व राख्छ ।

तर पछिल्लो केही वर्षयता प्लाष्टिकका भाडाको बढ्दो आयातका कारण बाँकेमा माटाका भाँडा बनाएर गुजारा गरी रहेका कुम्हाल समुदायाको पेशा संकटमा परेको छ ।

परम्परागत रुपमा माटोका भाँडा बनाउँदै आएका कुम्हाल समुदायहरुलाई पछिल्लो समय भाँडा विक्री गर्नका लागि बजारको व्यवस्था नभएको तथा सरकारले माटाको भाँडो निमार्णका विषयमा चासो निदेखाएकाकारण समस्या भएको कुम्हालहरुको गुनासो छ ।

गागरो, दियो, कलसलगायतका नयाँ भाँडा बनाउँदै आएका कुम्हालको भाडामा सबैको आकर्षण रहेको देखिन्छ ।

यसरी सबैको आवश्यकतालाई पुर्ति गर्दै आएका माटाका भाँडा व्यवसायीहरुको लागि स्थानिय सरकारले बजारलगायतको व्यवस्थापनमा ध्यान दिनु पर्ने स्थानिय बताउँछन ।

स्थानिय सरकारले यस प्रकारका पेशा अपनाउँदै आएका समुदायहरुका लागि विभिन्न कार्यक्रम ल्याएको भएता पनि संस्थागत गर्ने तथा जोगाउने विषयमा स्थानिय तहले अझै प्रभावकारी भुमिका खेल्न सकेको देखिदैन ।

यद्यपी परम्परागत पेशाको संरक्षणमा स्थानिय सरकार सकारात्मक रहेको नेपालगंज उपमहानगरपालिको भनाई छ ।

माटोका भाडा निर्माण गरी जिवन गुजारा गर्नु यस समुदायको बाध्यता भएतापनि यसले बाँके जिल्लालाई नै प्रतिनिधित्व गर्ने गर्दछ ।

निर्वाचनका वेला विभिन्न बाचाहरु गर्दै हिडेका जनप्रतिनिधिहरु समेत भाडा बनाउने कुम्मालेको समस्याको समधान तिर ध्यान दिन सकेको छैनन ।

देशकै अल्पसंख्यकको रुपमा सुचिमा रहेको कुम्हाल समुदायको सुरक्षाका लागि उनीहरुको पेशाको सुरक्षा तथा व्यवस्थापन हुनु अति जरुरी रहेको देखिन्छ ।