Wed Jan 19 2022
देश

सुदूरपश्चिममा मिर्गौला पीडितलाई उपचारमा समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा मिर्गौला पीडितहरूको उपचारमा समस्या देखिएको छ ।

त्यहाँको एक मात्र सेती प्रादेशिक अस्पतालमा मात्रै डायलासिसको व्यवस्था छ । तर सेवा पर्याप्त र प्रभावकारी छैन ।

डायलासिसकै अभावमा विरामीले अस्पतालकै शैयामा ज्यान गुमाउनु पर्ने अवस्था उत्पन्न भएको छ ।

सुदूरपश्चिम प्रदेशमा मिर्गौला पीडितहरुको उपचारमा अहिले समस्या देखिएको छ । सेती प्रादेशिक अस्पतालमा मात्रै डायलासिसको व्यवस्था छ ।

तर यहाँ गरिएको डायलासिस पूर्ण हुँदैन । मिर्गौलाको फस्टुला भर्न भने भारत वा काठमाडौं नै जानुपर्ने बाध्यता रहेको छ ।

डायलासिसका लागी अस्पताल पुगेका बिरामीहरूमध्ये कतिपयले अस्पतालकै शैयामा ज्यान गुमाइरहेका छन, भने कतिपय बिरामीहरू पालो कुरिरहेका छन् ।

अस्पतालको फार्मेसीमा मिर्गौला डायलासिसको सामान्य औषधी पनि नपाइँदा बिरामीहरू चर्को मूल्य तिरेर निजी फार्मेसीबाट औषधी खरिद गर्न बाध्य छन् ।

प्रदेशको एक मात्र सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा उपलब्ध भए पनि सेवा त्यति प्रभावकारी नबन्दा सेवाग्राही हैरानी खेप्न बाध्य छन् ।

६ वटा मेसिनबाट मात्रै सेवा प्रदान भइरहँदा बिरामीहरूले पालो कुर्नै पर्ने बाध्यता रहेको छ ।

झन् त्यसमा अस्पतालको फार्मेसीमा डायलासिसका लागि सामान्य औषधी समेत नपाइँदा झनै समस्या भइरहेको बिरामीका आफन्तहरूको गुनासो छ ।

सेती प्रादेशिक अस्पतालको माथिल्लो तलामा निजी क्षेत्रको विरङ्ग हेल्थ केयर सेन्टरले ठेक्कामा डायलासिस सेवा प्रदान गरिरहेको छ ।

अस्पतालसँग १० वटा मेसिनबाट सेवा प्रदान गर्ने सहमति भएपनी हाल ६ वटा मेसिन मात्रै सञ्चालनमा छन् ।

एक हप्तामा हाल ५३ जनाले डायलासिस सेवा लिइरहेको विरंग हेल्थ केयरका व्यवस्थापक दीपक भट्ट बताउँछन ।

सामान्य डायलासिसको सेवा यहाँ प्रदान गरिए पनि मिर्गौलाको फिस्टुला भर्न भने बिरामीले काठमाडौं वा भारत नै जानुपर्ने बाध्यता रहेको उनको भनाई छ ।

बढ्दो पत्थरी, मधुमेह, उच्च रक्तचाप र अस्त व्यस्त जीवन शैलीका कारण नै किड््नी फेल हुने क्रम बढ्ेकोे विभिन्न अध्ययनहरुले देखाएका छन् ।

सरकारले डायलासिस सेवा निःशुल्क गरे पनि फिस्टुला भर्न तथा मिर्गौला प्रत्यारोपण गर्न आर्थिक अवस्था कमजोर हुँदा अस्पतालमै ज्यान जाने हो कि ? भन्ने चिन्तामा विरामीहरु रहेका छन ।