Mon Jan 17 2022
देश

कर्णाली प्रदेशः जीवनबहादुर शाहीले मुख्यमन्त्रीको रुपमा भोली मात्रै शपथ लिने

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेशका जीवनबहादुर शाहीले बुधबार(भोली) मात्र मुख्यमन्त्रीको शपथ लिने भएका छन् ।

सोमबार महेन्द्रबहादुर शाहीले राजीनामा दिएपछि जीवनबहादुरले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले उनलाई बुधबार मुख्यमन्त्रीको शपथ खुवाउने कार्यक्रम रहेको सांसद हिमबहादुर शाहीले जानकारी दिएका छन् ।

कलौनीले मंगलबार बेलुका साढे ७ बजेसम्म मुख्यमन्त्री दाबी प्रस्तुत गर्ने समय दिएका थिए ।

कांग्रेसका जीवनबहादुर शाहीलाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन रहेको छ ।