जोडिनुहोस
  • होमपेज
  • बैंक तथा वित्तीय संस्थाले महिनैपिच्छे ब्याजदर परिवर्तन गर्न पाउने

बैंक तथा वित्तीय संस्थाले महिनैपिच्छे ब्याजदर परिवर्तन गर्न पाउने

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर पनि महिनै पिच्छे परिवर्तन गर्न पाउने भएका छन् । यसअघि प्रत्येक तीन महिना पछि मात्र कर्जाको ब्याजदर हेरफेर गर्न पाउने प्रावधान थियो ।

कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रूपमा परिवर्तन गर्नुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । तर, पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न यस व्यवस्थाले वाधा पर्नेछैन ।

यसरी पछिल्लो तीन महिनाको औसत आधार दरमा परिवर्तन हुँदा ब्याजदरमा परिवर्तन हुने÷नहुने सम्बन्धमा ऋणीलाई अफर लेटरमा स्पष्ट रूपमा उल्लेख गरी अनिवार्य जानकारी दिने व्यवस्था गर्नुपर्नेछ ।

परिवर्तनीय ब्याजदर आधार दरसँग आबद्ध गर्दा इजाजतपत्र प्राप्त संस्थाको कोर बैङ्किङ सिस्टम मार्फत पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनअनुसार स्वतः ब्याजदर परिवर्तन हुने प्रणालीको व्यवस्था गर्नु पर्नेछ ।

साथै, ब्याजदर घटाउँदा वा वृद्धि नगर्दा सबै ग्राहकले समानरुपमा सुविधा पाउने गरी व्यवस्था मिलाउनु पर्ने केन्द्रीय बैंकले भनेको छ ।

कुनैपनि कर्जा पछिल्लो तीन महिनाको औसत आधार दर भन्दा कम ब्याजदरमा प्रवाह गर्न पाइने छैन । कर्जाको ब्याजदर आधार दरमा २ प्रतिशत विन्दु सम्म थप गरेर निर्धारण गर्न पाइनेछ ।

निक्षेपको ब्याजदर भने महिनै पिच्छे परिवर्तन हुने प्रावधान यसअघि देखिनै छ । मासिक तथा पछिल्लो तीन महिनाको औसत आधार दरलाई आफ्नो वेबसाइटमा समेत प्रकाशित गर्नु पर्नेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका