Fri Jan 28 2022
आर्थिक

मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि, ६ अर्ब रुपैयाँ बढीको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार २३.७६ अंकले उकालो लागेर नेप्से परिसूचक २ हजार ८ सय ४३.६२ को विन्दुमा उक्लिएको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८४ अंकले बढेर ५ सय ३१.४२ को विन्दुमा पुगेको छ। आज ६ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। आज अन्य समूह सर्वाधिक ३.७७ प्रतिशतले उकालो लागेको छ।

विकास बैंक समूह ३.५ प्रतिशतले बढेको आज होटेल तथा पर्यटन समूहमा १.२ प्रतिशत, जलविद्युत समूहमा १.५५ प्रतिशत, वित्त समूहमा १.८३ प्रतिशत, निर्जीवन बीमा समूहमा १.२१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४४ प्रतिशत, लघुवित्त समूहमा ०.०१ प्रतिशत, जीवन बीमा समूहमा १.०१ प्रतिशत र म्युचुल फन्ड समूहमा ०.१ प्रतिशतको वृद्धि भएको छ। आज व्यापार समूह सर्वाधिक २.१ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह ०.१६ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.०१ प्रतिशतको गिरावट आएको छ।