Thu Jan 20 2022
मुख्य खबर

थप ४ सय ६९ जना कोरोनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४६९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ११५ पीसीआर परीक्षणमा ४२२ र ३ हजार १७२ एन्टिजेन परीक्षणमा ४७ जना गरी ४६९ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणका कारण हाल सम्म ११ हजार ४२७ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै, गत २४ घण्टामा ५ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १७४ रहेको छ ।