Mon Jan 17 2022
मुख्य खबर

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता,जलवायु संकटविरुद्ध मिलेर लड्ने प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच स्कटल्यान्डमा द्धिपक्षीय भेटवार्ता भएको छ।

राष्ट्रसंघीय जलवायु सम्मेलन ९कोप–२६० साइडलाइनमा आज उनीहरुबीच भेटवार्ता भएको हो। सो भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री देउवासहित परराष्ट्र सचिव भरतराज पौड्याल तथा भारतको तर्फबाट मोदीसहित विदेशमन्त्री एस जयंशकर सहभागी थिए।

देउवा र मोदीबीच सोमबार बेलुका पनि विश्व नेताहरूको सम्मेलनको दौरानमा अनौपचारिक भेटवार्ता भएको थियो। सो क्रममा आफूहरूबीच हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरविरुद्ध मिलेर लड्न र दिगो विकासमा सहकार्य गर्नेबारे छलफल भएको देउवाले जनाएका छन्।

देउवा र मोदीले मिलेर जलवायु संकटविरुद्ध लड्ने प्रतिबद्धता जनाएको जनाइएको छ। मोदीले पनि ट्वीटरमार्फत दिगो विकासको क्षेत्रमा मिलेर कार्य गर्ने बताएका छन्