Sat Jan 22 2022
देश

निर्धारित समयअघि चुनावको सम्भावना नरहेको नेकपा एस अध्यक्ष नेपालको भनाइ

रौतहट । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अर्ली इलेक्सन हुने कुनै सम्भावना नरहेको बताएका छन् ।

अध्यक्ष नेपालले केपी ओलीप्रति संकेत गर्दै कसैकसैले चाहेजस्तो अर्ली ईलेक्सनको सम्भावना नरहेको बताएका हुन् ।

आज गृहजिल्ला रौतहटको चन्द्रनिगाहापुरमा स्थानीय सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै नेता नेपालले राष्ट्रलाई व्ययभार हुन नदिन तीन वटै तहको निर्वाचनमा एकैचोटी गर्ने विषयमा सत्तारुढ दल भित्र छलफल भईरहेको जानकारी समेत दिएका छन् ।

अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि अदालतमा देखिएको समस्या समाधानका विषयमा छलफल हुने पनि बताए ।