Mon Jan 24 2022
देश

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले अदालतको विवाद मिलाउनुपर्छः रामचन्द्र पौडेल

मकवानपुर । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले अदालतको विवाद मिलाउनु पर्ने बताएका छन् ।

नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै बरिष्ठ नेता पौडेलले प्रधानन्यायाधिशले अदालतको विवाद मिलाउनु पर्ने बताएका हुन् ।

नेता पौडेलले नेपाली कांग्रेसले आफ्नो अधिवेशन समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिंदै यसतर्फ उदासिन हुने नेतृत्वमाथि प्रश्न गर्ने हैसियत बनाउन कार्यकर्ताहरुलाई आग्रह गरे ।