Wed Jan 19 2022
मुख्य खबर

प्रधानन्यायाधीश राणाले तोके ९ वटा मुद्दाको पेसी

काठमाडौँ– सर्वोच्च अदालतमा आजका लागि ९ इजलासमा ९ मुद्दाको पेसी तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले तीन एकल इजलास र ६ संयुक्त इजलास तोकेका हुन्।

पेशी तोकिएका सबै मुद्दामा दुई मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित छन् । प्रधानन्यायाधीश राणाले आज आफ्नो इजलास तोकेका छैनन्।

प्रधानन्यायाधीश राणासँग इजलास शेयर गर्न नसकिने भनेर न्यायाधीशहरूले अडान कायम राखेकाले राणाा आफू बाहेकको इजलास तोकेका छन्।

न्यायायाधीशहरूले भने बुधबार पनि इजलास नजाने बताएका छन् । सोमवार बन्दीका मुद्दामा सुनुवाइ गरेका न्यायाधीश मंगलबारवाट पुनः इजलासमा नजाने निर्णयमा छन् ।