Mon Jan 24 2022
मुख्य खबर

एमाले महाधिवेशनमा विद्युतीय उपकरण मार्फत पदाधिकारी चयन गरिने

चितवन–नेकपा (एमाले) को १०औँ महाधिवेशनले विद्युतीय उपकरण मार्फत नयाँ पदाधिकारी चयन गर्ने भएको छ । मतदानका लागि एक सय विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ ।

महाधिवेशन मूल आयोजक समितिका सह–संयोजक एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले विद्युतीय उपकरण मार्फत मतदान गर्ने तयारी गरिएको जानकारी दिए । यसबाट तीन घण्टाभित्रमा नतिजा आउने छ । उनले भने, ‘मतदानपछि प्रिन्ट गर्‍यो भने तीन घण्टा लाग्छ भनिएको छ । क्यू आर कोडबाट भयो भने त्यो भन्दा अघिनै नतिजा आउँछ ।’

विद्युतीय उपकरण जडान र व्यवस्थापनका विषयमा छलफल भइरहेको उनले बताउनुभयो । सो पार्टीको केन्द्रीय समिति २२५ सदस्यीय छ । यसमध्ये १५ पदाधिकारी छन् । उनका अनुसार अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष चार, महासचिव एक, उपमहासचिव एक र सात सचिव रहने व्यवस्था छ ।