Sun Jan 16 2022
मुख्य खबर

थप ४४७ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडौं ।  पछिल्लो २४ घण्टामा नेपालमा ४४७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९१३ जनाको नमुना परीक्षण गर्दा ४४७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ६ हजार ५७७ पीसीआर परीक्षणमा ३९५ जना र ३ हजार ३३६ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ११ हजार ४३४ जनाको संक्रमणबाट मृत्यु भएको  मन्त्रालयले जानकारी दिएको छ ।

हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १३ हजार ८२८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ७२६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, गत २४ घण्टामा ५ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये हालसम्म ७ लाख ९३ हजार २७१ जना निको भएका छन् । अर्थात हालसम्म निको हुने दर ९७.५ प्रतिशत रहेको छ ।