जोडिनुहोस
  • होमपेज
  • राप्रपाको नाराबाजीपछि संसद बैठक १५ मिनेटलाई स्थगित

राप्रपाको नाराबाजीपछि संसद बैठक १५ मिनेटलाई स्थगित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफूहरुले संसदमा बोल्न नपाएको भन्दै अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

बुधबार बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरेका थिए ।

तर सभामुख देवराज घिमिरेले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्म्कि समय नराखिएको बताउँदै बैठक अघि बढाउन खोजेपछि  राप्रपाका सांसदले अगाडि आएर नाराबाजी गरेका थिए ।

त्यसपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका