Wed Jan 19 2022
मुख्य खबर

अमेरिकी पेस्तोलसहित कपिलवस्तुबाट एकजना पक्राउ

काठमाडौं – अमेरिकी पेस्तोलसहित एक लागुऔषध कारोवारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिका –६ डुमरा निवासी २२ वर्षीय फेराज अहमद मुसलमान अमरिकी पेस्तोल र लागुऔषध सहित पक्राउ परेका हुन् ।

भारतीय नम्बर प्लेटको मोटरसाईकल चढेर चाकरडाँडाबाट पकडीतर्फ जाँदै गरेका मुसलमानलाई अस्थाई प्रहरी पोष्ट बिजुवाको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

उनको साथबाट अमेरिकामा निर्मित डेन्जर टोएअर पोस्तोल एक थान , त्यसमा लाग्ने गोली २८ राउड , ४२ थान क्याप्सुल र २१ थान ट्याब्लेट लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।