Fri Jan 28 2022
मुख्य खबर

२३ किलो पटाकासहित काठमाडौंबाट एकजना पक्राउ

काठमाडौँ महानगरपालिका–१२ टेकुबाट पटाकासहित एक पक्राउ परेका छन्।

शनी कस्मेटिक पसलका सञ्चालक भारत मोतिहारीका ४८ वर्षीय जागाप्रसाद जैसवाललाई पटाकासहित प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार उनको पसलबाट करिब २३ किलो कोब्रा पटाकासमेत बरामद गरिएको छ। उनलाई बुधबार पक्राउ गरिएको हो।

हाल उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस