जोडिनुहोस
  • होमपेज
  • नक्कली भुटानी शरणार्थी प्रकरणका कारण सरकार ढल्दैन : मन्त्री किराती

नक्कली भुटानी शरणार्थी प्रकरणका कारण सरकार ढल्दैन : मन्त्री किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नक्कली भुटानी शरणार्थी प्रकरणका कारण सरकार नढल्ने बताएका छन् । बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री किरातीले सरकारले भ्रष्टाचार विरुद्धको अभियान सुरु गरेको भन्दै यो अभियान नरोकिने स्पष्ट पारेका हुन् ।

उनले भने – ‘भ्रष्टाचार विरुद्धको अभियान राज्यले सुरु गरेको छ । आजको नेपाली जनताको शत्रु भनेको भ्रष्टाचार र गरिबी हो । मलाई लाग्छ, यो अभियान रोकिँदैन र रोकिनु हुँदैन । भ्रष्टाचारविरुद्धको यो अभियान रोकेर रोकिँदैन । जसले पूर्णविराम लगाउँछ, त्योमाथि पनि प्रश्न उठ्छ । जसले लगाउन खोज्छ त्योमाथि पनि प्रश्न उठ्छ । जनताको अगाडी दूधको दूध पानीको पानी हामीले हाम्रो भूमिका देखाउनुपर्छ । सरकार डगमगाउनु हुँदैन । मलाई लाग्छ सरकार ढल्दैन । यो सरकार जसले भ्रष्टाचारको विरुद्धमा जेहाद छेडेर जान्छ । त्यसलाई जनताले राम्रो विवेकको तराजुले जोखेर राखेको हुन्छ । त्यसैले जो यो अभियानबाट भागेर सरकार ढाल्ने कुरा गर्छ त्यो सम्भव छैन । मलाई लाग्छ सरकार ढल्दै ढल्दैन ।’ मन्त्री किरातीले पशुपतिमा निःशुल्क शव जलाउने प्रक्रिया अगाडी बढाएको पनि जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका