जोडिनुहोस
  • होमपेज
  • भुटानी शरणार्थी प्रकरणबारे सत्य कुरा संसदमा भन्छु : ओली

भुटानी शरणार्थी प्रकरणबारे सत्य कुरा संसदमा भन्छु : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे आगामी जेठ चार गते संसदमा बोल्ने बताएका छन् । यसका पृष्ठभूमि र कसको के क्रियाकलाप थियो भन्ने जानकारी आफूलाई भएको ओलीले बताए ।

केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले त्यसका सत्य कुराहरु जेठ चार गतेको संसद बैठकमा बोल्ने उनले बताए ।

२०-२२ दिनसम्म बयान लिएर पनि रोकिएको सूचना आफूलाई भएको भन्दै ओलीले त्यसलाई रोक्न खोज्दा खोज्दै पनि नसकेपछि बल्ल अनुसन्धान प्रक्रिया अघि बढेको दाबी गरे ।

‘सत्य कुरा छानबिन नगरी अहिले राजनीतिक फण्डा गर्न खोजिएको छ,’ ओलीले भने, ‘आफ्ना कार्यकर्ताहरुलाई परिचालन गरेर मेरो भ्रष्टाचारविरुद्ध लडाइँ नयाँ उचाइमा पुगेको भनेर गफ दिन खोजिएको छ ।’

सोझै पैसा समाउनेलाई छाड्ने तर एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी गर्ने किन गरिएको होला ?प्रहरीले अभद्र व्यवहार गर्न खोज्यो त्यही भएर सोझै अदालतमा उपस्थित हुने भन्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका