Fri Jan 28 2022
देश

मंसिरभित्र महाधिवेशन सक्न निर्वाचन समितिलाई देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मंसिरभित्र महाधिवेशन सक्न निर्वाचन समितिलाई निर्देशन दिएका छन् ।

काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिद्वारा शुक्रबार आयोजित दिपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले मंसिरभित्र कुनै हालतमा महाधिवेशन सक्न निर्देशन दिएको बताएका हुन् ।

महाधिवेशन हुँदैन भन्नेहरूका कुरा नपत्याउन आग्रह गर्दै पार्टीको १४ औं महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने बताए ।

१४ औं महाधिवेशन ​मंसिर २४–२६ मा सम्पन्न गर्ने काँग्रेस निर्वाचन समितिको तयारी छ ।

मंसिरभित्र कुनै हालतमा महाधिवेशन सक्न निर्वाचन समितिलाई निर्देशन दिएको देउवाले बताए ।

जिल्ला अधिवेशनबाट भक्तपुरमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न पनि देउवाको सुझाव छ ।

यस्तै देउवाले सबैलाई कोरोना विरुद्धको खोप लगाउन आग्रह पनि गरेका छन् ।