हेटौडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौडा–१५ रातोमाटेमा बस र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक बाराको फतवा विजयपुर नगरपालिका–११ हिमालीबासका २४ बर्षीय रोशन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिहीबार बेलुकी नारायणघाटबाट बिरगंजतर्फ जाँदै गरेको ना८ख १२४८ नम्बरको बस र बिपरित दिशाबाट आइरहेको बा ७८ प ९९३३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
यस्तै, हेटौंडा–धरान चतरा सडक खण्डको छतिवनमा देउसी खेलेर फर्किदै गरेको बस दुर्घटना हुँदा ५ जना गम्भिर घाइते भएका छन् ।