Mon Jan 17 2022
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति जोन बाइडेनले मनाए दीपावली, एकता र आशाको सञ्चार जाग्ने विश्वास

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले दीपावली मनाउँदै एकताका लागि कामना गरेका छन् ।

राष्ट्रपति बाइडेनले प्रथम महिला डा. जिल बाइडेनसहित ह्वाइट हाउसमा दीपावली मनाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेर शुभकामना दिएका छन् ।

उनले अमेरिका र विश्वभर रहेका दीपाली मनाउने हिन्दू, शिख, जैन र बुद्धिस्ट समुदायलाई दीपावलीको शुभकामना दिएका हुन् ।

दीपावलीको उज्यालोले अँध्यारोमात्रै नभइ ज्ञान, बुद्धि र सत्य रहेको तथा विभाजन नभइ एकता र निराशा मात्रै नभएर आश पनि रहेको स्मरण गराओस् भन्ने कामना गरेका छन् ।