Thu Jan 20 2022
मुख्य खबर

सर्बोच्च अदालतमा इजलास सुचारु गर्न माग गर्दै मानव अधिकार आयोगमा ज्ञापनपत्र

काठमाडौं – सर्वोच्च अदालतमा इजलास सूचारु गराउन भन्दै कानून व्यवसायीहरुको एक समूहले राष्ट्रिय मानव अधिकार आयोग सँग माग गरेका छन् ।

अधिवक्ता सुन्दर सेनी, आकृति रायमाझी, कृष्ण प्रसाई लगाएतको एक समुहले आज राष्ट्रिय मानव अधिकार आयोगमा पुगी आयोग समक्ष ज्ञापन पत्र बुझाउँदै इजलास सूचारु गराउने माग गरेका हुन् ।

कानून व्यवसायीहरुले सर्वोच्चका न्यायधीशहरुले इजलास वहिस्कार गर्दा बन्दी, बालबालिका, ज्येष्ठ नागरिक लगाएत सिमान्तकृत र निमुखा वर्गका आवाजहरु दवाइएको भन्दै यो गम्भिर मानव अधिकारको उल्लंघनको घटनाका रुपमा लिन आयोग संग उपयुक्त छानविनको माग पनि राखेका छन् ।

ज्ञापन पत्र बुझाउँदै अधिवक्ता सुन्दर सेनीले न्यायमूर्तिलेने कानून र विधिको शासन विपरिनत जाने हो भने पिडित व्यक्तीहरुले न्याय कसरी पाउन सक्छ भन्ने प्रश्न गर्नु भयो । उहाँले आम जनताको न्यायमाथीनै कुठराघात भएकाले मानव अधिकारको ढोका ढकढक्याउनु परेको प्रतिक्रिया दिनु भयो ।

f.jpg

स्वतन्त्र कानून व्यसायी अभियानका अभियन्ता अधिवक्ता कृष्ण प्रसाइले सर्वोच्चका न्यायाधीसहरुले इजलास वहिस्कार गर्नु मानवता विरुद्धको अपराध भएकाले यसमा राष्ट्रिय मानव अधिकार आयोगका तर्फबाट छानवीन र अनुगमन हुनुपर्ने माग गरेका छन् ।

अधिवक्ता प्रसाइले बालुवाटारको विवादित मुद्दा अघि बढान नचाहने न्यायाधीशलाई प्रधानन्यायाधीस बनाउन चलखेल गर्न नेपाल बार सहित सर्वोच्चका न्यायधीशहरुको मिलेमतोमा निहित स्वार्थमा आधारित आन्दोलनले न्यायपालीकालाई धरासायी पार्न खोजेको आरोप लगाउनु भयो ।

यसैगरी अधिवक्ता आकृति रायमाझीले न्यायालय वन्द गर्नु हुदैन भनेर आफुहरुको निरन्तर आन्दोलन जारी रहेको वताउदै स्वतन्त्र कानून व्यवसायीका तर्फबाट दायर भएको रिट पनि दर्ता हुन नसकेको र शर्वोच्चमा अति महत्वपूर्ण मुद्दाहरु समयमै सुनुवाइ नुहँदा सेवाग्राहीहरु मर्कामा परेको र उनिहरुको समस्या बुझ्ने निकाय कोही नभएकाले मानव अधिकार आयोगसमक्ष गुहार्नु परेको जानकारी गराइन् ।

कानून व्यवसायीहरुको यही समूहले आज माइतिघर मण्डलामा प्रदर्शन सहित न्यायपालिका सुचारुका लागि हस्ताक्षर कार्यक्रम पनि गरेका थिए ।

News.jpg