जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्ड र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो काम गरेको भन्दै प्रचण्डलाई धन्यवाद दिएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले भीआईपीलाई पक्राउ गर्ने आँट गर्नु सकारात्मक रहेको भन्दै लामिछानलेले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध सडकमा उत्रिने जानकारी गराएका थिए ।

‘भ्रष्टाचारका विषयमा जसरी फाइल खोल्नु भएको छ । त्यसमा तपाईलाई धन्यवाद छ’, लामिछानले प्रचण्डलाई भेटका क्रममा भने, ‘मैले सडकबाट के-के सहयोग गर्न सकिन्छ, सबै सहयोग गर्छु । हामी अब भ्रष्टाचारीविरुद्ध सडकमा उत्रिन्छौँ ।’

विभिन्न कारणले पार्टी सरकारमा सहभागी हुन नसकेपछि सरकारको राम्रो कामलाई पार्टीले सहयोग गर्ने रविको भनाइ थियो । सो अवसरमा प्रचण्डले भ्रष्टाचारीलाई कारबाही गर्ने सवालमा रविको सहयोगको अपेक्षा गरेका थिए ।

रास्वपाले हालैमात्रै सरकारलाई समर्थन फिर्ता लिएको थियो । सो पार्टीले रचनात्मक प्रतिपक्षमा बसेर भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने बताउँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका