जोडिनुहोस
  • होमपेज
  • घरायसी झगडामा आफैँमाथि आगो लगाएकी महिलाको निधन

घरायसी झगडामा आफैँमाथि आगो लगाएकी महिलाको निधन

विराटनगर । घरायसी झगडामा आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु भएको छ। आफ्नो शरीरमा मट्टितेल खनाएकी ४० वर्षीय आशा शर्माको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार विराटनगर महानगरपालिका–१० तीनटोलियामा आफ्नै शरीरमा आगो लगाएकी शर्माको उपचारका क्रममा मृत्यु भएको हो । उनका अनुसार बुधबार राति ९ बजेतिर पति राजकुमार कोइरीसँग विवाद गरेकी शर्माले आफ्नो शरीरमा मट्टितेल खनाएर आगो लगाएकी थिइन्।

सो आगलागीपछि उपचारका लागि कोशी अस्पताल, विराटनगरमा ल्याइएको थियो । तर, हिजो साँझ उनको मृत्यु भएको प्रहरी प्रवक्ता दाहालले जानकारी दिए । सो प्रकरणमा पति राजकुमारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका