Mon Jan 17 2022
मुख्य खबर

बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाइँदै

काठमाडौँ– राजधानीको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा आज बिहानैदेखि भाइटीका लगाउने कार्य जारी छ ।

यमपञ्चकको पाँचौ तथा अन्तिम दिन आज घरमा दिदीबहिनी नहुने दाजुभाइहरुले बालगोपालेश्वर मन्दिरमा पुगेर भाइटीका लगाउने गरेका छन् ।

बालगोपालेश्वरको मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै सर्वसाधारणका लागि खुला गरिन्छ ।