Wed Jan 19 2022
मुख्य खबर

मोटरसाइकल चोरेको आरोपमा पर्साबाट ३ जना पक्राउ

काठमाडौं – मोटरसाइकल चोरेको आरोपमा प्रहरीले पर्साको वीरगञ्जबाट ३ जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका घर भएका २२ वर्षीय कैलाश महतो, बारा घर भएका २२ वर्षीय बिनयराज शर्मा र बाराकै २० वर्षीय रविन कुमार शाह छन् ।

उनीहरुले कार्तिक १२ मा वीरगञ्ज महानगरपालिका–१६ स्थित बाबा होटलबाट भारतीय नम्बर प्लेटको बुलेट मोटरसाइकल चोरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले बताए । प्रहरीले आरोपीहरुको नम्बर प्लेट फेरेको बुलेट मोटरसाइकल बरामद गरेको छ । आरोपीहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।