Mon Jan 17 2022
मुख्य खबर

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लगाए भाईटीका

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहिनीबाट भाइटीका ग्रहण गर्नुभएको छ ।

उहाँले आफ्ना दाजुसहित बहिनी पार्वती भट्टराईबाट टीका ग्रहण गर्नुभएको हो । टीका ग्रहणपश्चात उहाँले साजिक संजाल फेसबुकमा तस्बीर पोष्ट गर्नुभएको छ ।

आज तिहारको अन्तिम दिन भाईटीका हो । यो दिन चेलीले माइतीहरुलाई टीका लगाइदिने र मिठा–मिठा परिकार खुवाउने प्रचलन रहिआएको छ ।