Sun Aug 7 2022
मुख्य खबर

पूर्व राजा ज्ञानेन्द्रले बहिनी शोभाको हातबाट लगाए भाइटीका

काठमाडौं–पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट भाइटीका लगाएका छन् । शाहले भाइटीकाको शुभसाइत ११ बजेर २ मिनेटमा कमलादीस्थित बहिनी शोभाको घर पुगेर टीका र प्रसाद ग्रहण गरेका हुन् ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाउने चलन अनुरुप ज्ञानेन्द्र शोभाको घर पुगेर टिका लगाएका हुन् ।