जोडिनुहोस
  • होमपेज
  • गण्डकीमा ४ मन्त्री नियुक्त, मनाङे आउट

गण्डकीमा ४ मन्त्री नियुक्त, मनाङे आउट

पोखरा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शुक्रबार थप ४ मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । नेपाली कांग्रेसबाट ३ र नेकपा माओवादी केन्द्रबाट १ मन्त्री बनेका छन् ।

कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दीपेन्द्रबहादुर थापा, जित प्रकाश आलेमगर र माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली मन्त्री बनेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले एकीकृत समाजवादीका सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्री नबनाएर कांग्रेसकै जीतप्रकाश आलेलाई बनाउने बनेका हुन् ।

नियुक्त भएका मन्त्रीको आजै सपथ खुवाउने तयारी गरिएको छ । वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले वैशाख १५ गते कांग्रेसकी सरस्वती अर्यात तिवारी र माओवादीकी सुशीला सिंखडालाई मन्त्री नियुक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका