Thu Jan 20 2022
अन्तर्राष्ट्रिय

सियरा लियोनमा इन्धन ट्यांकर विस्फोट, ९९ जनाको मृत्यु

अफ्रिकी देश सिएरा लियोनमा इन्धन बोकेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा भएको विष्फोटमा परि ९९ जनाको मृत्यु भएको छ ।
सिएरा लियोनको राजधानी फ्रि टाउनमा भएको भीषण विष्फोटमा परी ९९ जनाको घटनास्थलमै मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ । अन्य १ सय भन्दा बढी घाइते भएको जनाइएको छ । जसमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने आकलन गरिएको छ । विस्फोटपछि नजिकैका पसल र घरमा पनि आगो लागेको जनाइएको छ ।
राष्ट्रपति जुलियस माडा बायोले क्षतिको बारे शोक व्यक्त गर्दै पीडित परिवारलाई सक्दो सहयोग गर्ने बताएका छन् ।